मिति २०७५/०६/२८ मा स्थापित यस राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पहिलो कानुनी अधिकार स्थापना गर्ने “व्यक्तिगत घटनादर्ता” कार्य साथै नेपाल सरकारका अत्यन्त लोकप्रिय दुई ठूला कार्यक्रमहरु; सामाजिक सुरक्षाअन्तर्गत “नगद प्रवाह” र व्यक्तिहरुको डिजिटल पहिचान (Digital Identity) स्थापना गर्ने बहुउपयोगी “राष्ट्रिय परिचयपत्र” वितरण कार्यको जिम्मेवारी सम्हाल्दै आएको छ ।
देशका नागरिकहरुको पहिचान र हितमा सञ्चालित यी तिनै कार्यक्रमहरु कुनै न कुनै रुपमा अन्तरसम्बन्धित छन् र हाल प्रविधिमा पनि आधारित छन् । यसकारण विभिन्न समयमा लागू भई आ–आफ्नै किसिमले सञ्चालन भईआएका तिन कार्यक्रमहरु विभिन्न समयमा कार्यालयहरु एकीकरण हुने कार्य भई हाल बृहत क्षेत्र ओगटेको प्रविधिमा आधारित विभागको रुपमा सञ्चालित छ ।
राज्यमा बसोबास गर्ने प्रत्येक व्यक्तिका महत्वपूर्ण व्यक्तिगत घटनाहरुलाई आधिकारिक रुपमा रेकर्ड राख्नुलाई व्यक्तिगत घटनादर्ता भनिन्छ । सबैजसो देशहरुले घटनादर्ताको सर्वमान्य सिद्धान्तअनुसार यसलाई स्थायी, अविच्छिन्न तथा अनिवार्य कार्यको रुपमा निरन्तरता दिइरहेका हुन्छन् । यद्यपी कस्ता कार्यलाई घटना मान्ने भन्ने विषयमा देशको आवश्यक्ताअनुसार फरक पर्ने सन्दर्भमा हाम्रो देशमा भने जन्म, मृत्यु, विवाह, बसाईंसराई र सम्बन्धविच्छेद गरी पाँच किसिमका घटनाहरुलाई लिइन्छ । यसअन्तर्गत सम्बन्धित कार्यालयहरुले रेकर्ड राख्ने, भण्डारण गर्ने, उपयोग तथा वितरणसम्बन्धी कार्यहरु गर्दछन् ।
थप हेर्नुहोसआफ्नो राष्ट्रिय परिचयपत्र नम्बर वा परिचयपत्रको छपाईको अवस्था सम्बन्धी जानकारी प्राप्त गर्न तपशिलका प्रणाली मार्फत् एवं नम्बरमा सम्पर्क गर्न सकिने व्यहोरा जानकारी गराइन्छ ।
सम्पर्क नम्बर : ०१-४२०००१४, ०१-४२११५६३, ०१-४२००८९४ र १६६००१९६६६६
सोधपुछ कक्ष, दर्ता चलानी, दलित कक्ष : ०१-४२००००७ र ०१-४२००८९४