सुचना
सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ।
जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आफ्नो वडा कार्यालयमा गई दर्ता गरौं ।
सहि व्यक्तिलाई सहि समयमा सहि रकम प्रदान, सामाजिक सुरक्षाको हाम्रो अभियान।

परिचय

मिति २०७५/०६/२८ मा स्थापित यस राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पहिलो कानुनी अधिकार स्थापना गर्ने “व्यक्तिगत घटनादर्ता” कार्य साथै नेपाल सरकारका अत्यन्त लोकप्रिय दुई ठूला कार्यक्रमहरु; सामाजिक सुरक्षाअन्तर्गत “नगद प्रवाह” र व्यक्तिहरुको डिजिटल पहिचान (Digital Identity) स्थापना गर्ने बहुउपयोगी “राष्ट्रिय परिचयपत्र” वितरण कार्यको जिम्मेवारी सम्हाल्दै आएको छ ।

देशका नागरिकहरुको पहिचान र हितमा सञ्चालित यी तिनै कार्यक्रमहरु कुनै न कुनै रुपमा अन्तरसम्बन्धित छन् र हाल प्रविधिमा पनि आधारित छन् । यसकारण विभिन्न समयमा लागू भई आ–आफ्नै किसिमले सञ्चालन भईआएका तिन कार्यक्रमहरु विभिन्न समयमा कार्यालयहरु एकीकरण हुने कार्य भई हाल बृहत क्षेत्र ओगटेको प्रविधिमा आधारित विभागको रुपमा सञ्चालित छ ।

राज्यमा बसोबास गर्ने प्रत्येक व्यक्तिका महत्वपूर्ण व्यक्तिगत घटनाहरुलाई आधिकारिक रुपमा रेकर्ड राख्नुलाई व्यक्तिगत घटनादर्ता भनिन्छ । सबैजसो देशहरुले घटनादर्ताको सर्वमान्य सिद्धान्तअनुसार यसलाई स्थायी, अविच्छिन्न तथा अनिवार्य कार्यको रुपमा निरन्तरता दिइरहेका हुन्छन् । यद्यपी कस्ता कार्यलाई घटना मान्ने भन्ने विषयमा देशको आवश्यक्ताअनुसार फरक पर्ने सन्दर्भमा हाम्रो देशमा भने जन्म, मृत्यु, विवाह, बसाईंसराई र सम्बन्धविच्छेद गरी पाँच किसिमका घटनाहरुलाई लिइन्छ । यसअन्तर्गत सम्बन्धित कार्यालयहरुले रेकर्ड राख्ने, भण्डारण गर्ने, उपयोग तथा वितरणसम्बन्धी कार्यहरु गर्दछन् ।

थप हेर्नुहोस

सूचना

आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर वा परिचयपत्रको छपाईको अवस्था सम्बन्धी जानकारी प्राप्त गर्न तपशिलका प्रणाली मार्फत् एवं नम्बरमा सम्पर्क गर्न सकिने व्यहोरा जानकारी गराइन्छ ।

Citizen Portal, NIDSMS

सम्पर्क नम्बर : १६६००१९६६६६

सोधपुछ कक्ष, दर्ता चलानी, दलित कक्ष : ०१-४२००००७ र ०१-४२००८९४

  • Yubaraj Katel
    युवराज कटेल
    महानिर्देशक
    ०१-४२००८९५
  • Sanubabu Adhikari
    सानुवावु अधिकारी
    निर्देशक
    (सामाजिक सुरक्षा शाखा)
    ९८५१३००५१८
  • Shivaraj Shedhai
    शिवराज सेढाई
    निर्देशक (९८५१३००५२२)
    (सूचना अधिकारी) ९८५१३५७३६२
    (प्रशासन, योजना अनुगमन तथा समन्वय शाखा)
  • Mukesh Kumar Keshari
    मुकेश कुमार केशरी
    निर्देशक
    (पञ्जीकरण शाखा)
    ९८५१३००५२१
  • Tulasi Prasad Dahal
    तुलसी प्रसाद दाहाल
    निर्देशक
    (राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा)
    ९८५१३००५१९

  • सूचना प्रविधि निर्देशक
    (सूचना प्रविधि शाखा)
    ९८५१३००५२०



4128297

अनलाइन जन्म दर्ता संख्या

878399

अनलाइन बसाई सराई दर्ता संख्या

1651963

अनलाइन विवाह दर्ता संख्या

98592

अनलाइन सम्बन्धविच्छेद दर्ता संख्या

1116025

अनलाइन मृत्यु दर्ता संख्या

गुनासो/सुझाव दिनुपरेमा कृपया

गुनासो दर्ता

तथ्याङ्कहरु

तथ्याङ्कहरु