व्यक्तिगत घटना दर्ता भन्नाले राज्यमा बसोबास गर्ने प्रत्येक
व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद
तथा बसाई सराई जस्ता व्यक्तिगत घटना स्थायी ठेगाना भएको वडा कार्यलयमा दर्ता गर्ने
कार्य हो ।
यस्ता घटना दर्ता गर्नु रगराउनु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार
हो । यो व्यक्ति पहिचानको पहिलो आधार भएकाले नेपाल सरकारले अनिवार्य गरेको छ ।
यस्ता घटना घटेको ३५ दिनभित्र निः शूल्क रुपमा दर्ता गर्न सकिन्छ जस अनुरुप
राज्यको कुल जनसंख्याको अद्यावधिक र जनसांख्यिक वितरणको अवस्था र तथ्याकंको
जानकारी सही रुपामा प्राप्त गर्न सकिन्छ ।
घटना दर्ता गर्दा एकाघरका १८
वर्ष उमेर पुगेका नागरिकले जन्म, मृत्यु, बसाई सराईजस्ता
घटनाको सूचकको रुपमा रहन सक्छ । विवाहमा पति र पत्नी दुवै आवश्यक पर्दछ । सम्बन्ध विच्छेदको हकमा पति वा
पत्नी मध्ये एक रहन सक्छन् ।
यदि माथि सूचक नभएमा प्रचलित कानुन बमोजिम संरक्षक वा माथवर वा दुवै
समेत नभएमा सम्बन्धित वडाको बडाध्यक्ष सूचक भई घटना दर्ता गराउन सकिन्छ ।
व्यक्तिगत घटना दर्ताको अभिलेख वडा कार्यालयमा नभएको अवस्थामा सो
घटना दर्ताको सूचना फाराम वा प्रमाणपत्रको प्रतिलिपि अन्यत्र कुनै निकायमा रहेमा
सो कोे आधारमा अभिलेख तयार गर्न सकिन्छ वा नियमावलीको नियम २१ को उपनियम ४ बमोजिम
प्रतिलिपि खडा गर्न सकिने व्यवस्था रहेको छ ।
व्यक्तिगत घटना व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा दर्ता
गराउनु पर्दछ वा घटना घटेको स्थानको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा ३५
दिनभित्र नि शूल्क रुपमा घटना दर्ता गराउन सकिन्छ ।
सबै प्रकारका व्यक्तिगत घटना आवश्यक कागजपत्र तथा प्रमाणका आधारमा
दर्ता गराउने दायित्व सम्बन्धित व्यक्ति र स्थानीय पञ्किाधिकारीको रहनेछ ।
घटना दर्ता गर्ने ऐन, २०३४ जारी हुनु
भन्दा अघि घटेका घटना तथा सम्बन्धित जिल्लामा घटना दर्ता लागू हुनु भन्दा अघिको
घटना दर्ता गरी प्रमाण पत्र जारी गर्न मिल्दैन । यस्ता घटनाको हकमा व्यक्तिले
सम्बन्धित वडामा गई वडाध्यक्षबाट घटना प्रमाणित गराउन सकिन्छ ।
सबै प्रकारका व्यक्तिगत घटना दर्ता गर्न, सूचक
आधिकारिक र जिम्मेवार हुनुपर्ने भएकाले सूचकको
स्पष्ट परिचय, उमेर र प्रमाणका रुपमा नागरिकता आवश्यक पर्ने
हुन्छ ।
घटनासगँ सम्बन्धित व्यक्तिले निवेदन दिई व्यक्तिगत घटनाको प्रतिलिप
माग गरेमा वडा कार्यालयमा रहेको अभिलेखको आधारमा रुजु गरी स्थानीय पञ्जीकाधिकारीले
प्रतिलिपि जारी गर्न सक्छ ।
सबै प्रकारका व्यंिक्तगत घटना दर्ता गराउँदा व्यक्तिलाई सूचना फाराम
भर्न लगाउने, आवश्यक कागजपत्र माग गरी रुजु गर्ने, नियमानुसार घटना
दर्ता गर्ने, अभिलेख राख्ने तथा प्रमाणपत्र जारी गर्ने दायित्व स्थानीय तहको हुन्छ
। घटना दर्ताको महत्व, प्रक्रिया र विलम्ब शुल्कबारे नागरिकलाई
जानकारी गराउने दायित्व समेत स्थानीय तहको हुनेछ ।
व्यक्तिगत घटना दर्ता गर्ने व्यक्ति वा सूचकले सूचना फाराममा दिईएको
विवरण सही रुपमा भर्ने, आवश्यक कागजपत्रको सक्कल तथा प्रतिलिपि बुझाउने, विलम्ब
शूल्कबाट बच्न ३५ दिनभित्रै घटना दर्ता गराउने र प्राप्त प्रमाणपत्रमा भएका विवरण
सही रुपमा जाचँ गरेर मात्र प्रमाणपत्र जस्ता कर्तव्यमा पर्दछन् ।
कुनै पनि व्यक्तिले झुटा विवरण पेश गरी दर्ताको प्रमाणपत्र लिएको
पाईएमा वा प्रमाणित भएमा स्थानीय अधिकारी (प्रमुख जिल्ला अधिकारी) बाट ऐनको दफा २४
बमोजिम त्यस्तो घटना दर्ताको प्रमाणपत्र तत्काल रद्द हुन्छ । त्यसको जानकारी सम्बन्धित वडालाई
दिनुपर्छ । झुटा विवरण दिने सूचक र सिफारिस गर्ने व्यक्तिलाई कानून बमोजिम
कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्नुपर्दछ ।
कुनैपनि व्यक्तिको जन्मदर्ता गर्र्न देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछ ।
यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी
अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ
।
बच्चाको जन्म दर्ता गर्दा आमा वा बाबु वा परिवारको १८ वर्ष उमेर
पुगेको सदस्य सूचक बन्न सक्नेछन् ।
बच्चा जन्मिएको ३५ दिनभित्रै घटना दर्ता गराउनु पर्दछ । घटना भएको ३५ दिनपछि नियमानुसार विलम्ब शूल्क
लाग्नेछ
बच्चाको आमा विदेशी भएमा विदेशी भएको प्रमाणसहित उसको बुबाको नेपाली
नागरिकताको आधारमा बाबु सूचक रहेर जन्म दर्ता गराउन सकिन्छ । यदि आमाको विवाह
दर्ता भएको वा नागरिकता भएमा सोही अनुरुप सूचक रहेर दर्ता गराउन प्रावधान समेत
रहेको छ ।
बच्चाको बाबुको ठेगाना पत्ता नलागेमा र अत्तोपत्तो नभएमा, वेपत्ता भएको भन्ने आधिकारिक निकायबाट जारी भएको
प्रमाणका आधारमा आमाले आफ्नो माईती तर्फको थर ठेगाना राखेर जन्म दर्ता गराउन
सकिन्छ ।
मुलुकी देवानी संहिता,२०७४ बमोजिम वहु
विवाह दर्ता नहुने प्रावधान रहेको छ । वालविवाहको हकमा २० वर्ष पुगेपछि मात्रै, उमेर
पुगेको मितिमा विवाह दर्ता गर्न सकिन्छ । तर बच्चा जन्मिसकेको अवस्थामा आमा बाबु
दुवैको उपस्थितिमा बाबु सूचक भएर जन्म दर्ता गराउन सकिन्छ ।
अनाथ तथा असहायको हकमा सम्बन्धित व्यक्तिले प्रचलित कानुन बमोजिम
संरक्षक वा माथवर वा त्यस्तो व्यक्ति नभएमा स्थानीय तहको वडाध्यक्ष सूचक बनेर जन्म
दर्ता गर्न सकिन्छ ।
पति वा पत्नी वा दुवैको तर्फबाट धर्मपुत्र वा धर्मपुत्री राखिएकोमा
दुवै जना सूचक रही जन्म दर्ता गराउन सकिन्छ ।
विदेशमा बच्चा जन्मिएमा सम्बन्धित देशमा रहेको नेपाली दुतावासबाट
उक्त बच्चा जन्मिएको प्रमाणपत्र प्रमाणित गरी नेपाल आएको ३५ दिनभित्र आफ्नो स्थायी
ठेगाना रहेको स्थानीय वडामा गई दर्ता गराउन सकिन्छ ।
कारागारमा बच्चा जन्मिएमा सम्बन्धित कारागारको प्रमुखले सूचना फाराम
प्रमाणित गरी सम्बन्धित स्थानीय पञ्जिकाधिकारी कार्यालयमा पठाई सो वडा कार्यालयबाट
जन्म दर्ता गराउन सकिन्छ ।
विवाह दर्ता भन्नाले प्रचलित कानुन बमोजिम २० वर्ष उमेर पूरा भई
वैवाहिक सम्बन्ध कायम भएका पुरुष र महिलाले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा
श्रीमान् श्रीमतीको रुपमा स्वीकार गरी दर्ता गरिएको घटना दर्तालाई बुझिन्छ ।
स्थानीय वडामा विवाह दर्ता गराउँदा देहाए बमोजिमका कागजपत्र आवश्यक
पर्दछन् ।
यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै
एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।
विवाह दर्ता गर्न पति र पत्नी दुवै सूचक बन्न सक्दछन् । यदि दुई
मध्ये कुनै एक उपस्थित हुन नसकेमा अनुपस्थित हुनेले अधिकृत वारेसनामा लिई दर्ता
गराउन सकिनेछ ।
विवाह दर्ता नभई पति वा पत्नी बेपत्ता भएमा अदालतबाट पति पत्नी नाता
कायम भएकाृ निर्णयका आधारमा विवाह दर्ता गराउन सकिन्छ ।
कसैले विवाह दर्ता गर्न ईन्कार गरेमा, पति वा पत्नी
मध्ये पीडितले जिल्ला अदालतमा उपस्थित भई पति वा पत्नीको नाता कायम गरी पाँउ भनि
निवेदन दिनुपर्नेछ । सो निवेदनका आधारमा अदालतले गरेको निर्णय अनुसार विवाह दर्ता गर्न सकिन्छ।
विवाह दर्ता गर्नु पूर्व पति वा पत्नीको मृत्यु भएमा विवाह प्रमाणित
गरी पति पत्नीको नाता कायम गराउनु पर्दछ ।
मुलुकी देवानी संहिता २०७४ अनुसार बालविवाह र बहुविवाह कानुनतः दर्ता
नहुने गरी र वाल विवाहको हकमा दुवै केटा केटीको उमेर २० वर्ष पूरा गरेर मञ्जुर भई
आएमा दर्ता गर्न सकिन्छ ।
नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरेको हकमा अदालतबाट दर्ता विवाह गरे पश्चात दुवै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा गएर विवाह दर्ता गर्न सकिनेछ ।
विदेशी
नागरिकको हकमा सम्बन्धित देशको नेपालस्थित दुतावास वा सो व्यक्तिको देशको नियोगले
सिफारिस गरेको कागजात लिएर जानुपर्दछ ।
बसाई सराई गरेर जाँदा वा आँउदा आवश्यक पर्ने कागजात देहाएनुसार पर्दछन् ।
जाँदा
आँउदा
बसाई सराई गरेर जाँदा वा आँउदा परिवारको सदस्यको मुख्य व्यक्ति
घरमुली वा नभएमा परिवारको १८ वर्ष उमेर पुगेको सदस्य सूचकको रुपमा रहन सक्दछन् ।
यस्ता सूचकले सम्बन्धित वडामा गई आफ्नो विवरण सही रुपमा दिनुपर्दछ ।
बसाई सराई दर्ता नगरी गएमा वा आएमा, नागरिक बसोबास
गर्ने स्थानीय तहबाट प्र्राप्त गने सेर्वा
लिने प्रदानसेवा सुविधाबाट बञ्चित हुन सकिन्छ ।
परिवारको कुनै एक सदस्यले मात्र बसाई सराई गर्न मिल्छ तर सो
व्यक्तिसगँ सम्बन्धी सबै घटना दर्ता अनिवार्य दर्ता भएको हुनुपर्नेछ र स्वयं
व्यक्ति सूचक हुनुपर्छ ।
बसाई सराई गरी गएको र आएको जुन अवस्थामा पनि सम्बन्धित वडा कार्यलयमा
३५ दिन भित्र निः शूल्क दर्ता गराउनु पर्दछ र त्यसपछिको समयमा दर्ता गराए विलम्ब
शुल्क तिर्नुपर्दछ ।
सम्बन्ध विच्छेद दर्ता गराउन देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।
विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित कुटनीतिक नियोगबाट प्रमाणित भएका
अंगे्रजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणीकरण गरेको
सक्कल प्रति
सम्बन्ध विच्छेदको सूचकका रुपमा पति
वा पत्नी मध्ये कुनै एक रहन सक्दछन् ।
विदेशमा नेपाली नागरिकको सम्बन्ध विच्छेद भएमा सम्बन्धित राष्ट्रको
अदालतबाट सम्बन्ध विच्छेद भएको प्रमाण पेश गरी दर्ता गर्न सकिन्छ ।
सम्बन्ध विच्छेद भई आमासँग रहेको बच्चाको जन्म दर्ता गर्न मिल्छ तर
त्यसका निम्ति बाबुको स्थायी ठेगानामा जन्म दर्ता भए नभएको एकिन गर्नुपर्ने हुन्छ
।
सम्बन्ध विच्छेद पश्चात पत्नी रहेको स्थायी ठेगानामा दर्ता गर्न
मिल्दछ । यस अवस्थामा पति तर्फको स्थायी ठेगानामा रहेको पञ्जिकाधिकारी
कार्यालयमा सम्बन्ध विच्छेद दर्ता भए
नभएको एकिन गर्नुपर्दछ ।
कुनैपनि व्यक्तिको मृत्यु दर्ता गर्न देहाए बमोजिमको कागजपत्र आवश्यक
पर्दछ ।
मृत्यु दर्ताको सूचकका रुपमा मृतकका बाबु वा आमा, पति
वा पत्नी वा छोरा वा छोरी रहन सक्दछन् । उल्लेखित सूचक नभएको प्रमाणित भएमा
परिवारको १८ वर्ष उमेर पुगेको परिवारको अन्य व्यक्ति सूचक रहन सक्छन् ।
घटना दर्ता अद्यावधिक गराउन, व्यक्तिको
मृत्यु भएको प्रमाण कानुन र प्रशासनिक प्रयोजनका निम्ति पेश गर्न, चल
अचल सम्पत्तिको हस्तान्तरण वा अधिकार प्रत्यायोजन गर्न लगायतका निम्ति मृत्यु दर्ता गराउनु आवश्यक रहन्छ ।
सामाजिक सुरक्षा भत्तामा लगत कट्टा गर्न वा विधवा प्रमाणित हुन तथा
स्थानीय निकायबाट अन्य सेवा सुविधा लिन मृत्यु दर्ता गर्नुपर्दछ ।
विदेशमा कोही नागरिकको मृत्यु भएमा सम्बन्धित मुलुकस्थित नेपाली
नियोगबाट प्रमाणित कागजपत्र पेश गरे पश्चात दर्ता गर्न सकिन्छ । सर्जमिन वा
आधिकारिक कागजात सहितको प्रमाणको आधारमा सूचकले पेश गरेमा दर्ता गर्न सकिने
प्रावधान रहेको छ ।
विदेशी नागरिकको नेपालमा मृत्यु भएमा दर्ता गर्न मिल्दछ । यसका
निम्ति देहाएका कागजातको आवश्यकता पर्दछ ।
कोही नागरिक वेपत्ता भएमा मुलुकी देवानी संहिता २०७४ को दफा ४०
बमोजिमको न्यायिक मृत्यु घोषणाको प्रमाण पेश गरेपछि मृत्यु दर्ता गर्न सकिन्छ
।