सुचना
सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ।
जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आफ्नो स्थानीय निकायमा गई दर्ता गरौं ।
सहि व्यक्तिलाई सहि समयमा सहि रकम प्रदान, सामाजिक सुरक्षाको हाम्रो अभियान।

परिचय

मिति २०७५/०६/२८ मा स्थापित यस राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पहिलो कानुनी अधिकार स्थापना गर्ने “व्यक्तिगत घटनादर्ता” कार्य साथै नेपाल सरकारका अत्यन्त लोकप्रिय दुई ठूला कार्यक्रमहरु; सामाजिक सुरक्षाअन्तर्गत “नगद प्रवाह” र व्यक्तिहरुको डिजिटल पहिचान (Digital Identity) स्थापना गर्ने बहुउपयोगी “राष्ट्रिय परिचयपत्र” वितरण कार्यको जिम्मेवारी सम्हाल्दै आएको छ ।

देशका नागरिकहरुको पहिचान र हितमा सञ्चालित यी तिनै कार्यक्रमहरु कुनै न कुनै रुपमा अन्तरसम्बन्धित छन् र हाल प्रविधिमा पनि आधारित छन् । यसकारण विभिन्न समयमा लागू भई आ–आफ्नै किसिमले सञ्चालन भईआएका तिन कार्यक्रमहरु विभिन्न समयमा कार्यालयहरु एकीकरण हुने कार्य भई हाल बृहत क्षेत्र ओगटेको प्रविधिमा आधारित विभागको रुपमा सञ्चालित छ ।

राज्यमा बसोबास गर्ने प्रत्येक व्यक्तिका महत्वपूर्ण व्यक्तिगत घटनाहरुलाई आधिकारिक रुपमा रेकर्ड राख्नुलाई व्यक्तिगत घटनादर्ता भनिन्छ । सबैजसो देशहरुले घटनादर्ताको सर्वमान्य सिद्धान्तअनुसार यसलाई स्थायी, अविच्छिन्न तथा अनिवार्य कार्यको रुपमा निरन्तरता दिइरहेका हुन्छन् । यद्यपी कस्ता कार्यलाई घटना मान्ने भन्ने विषयमा देशको आवश्यक्ताअनुसार फरक पर्ने सन्दर्भमा हाम्रो देशमा भने जन्म, मृत्यु, विवाह, बसाईंसराई र सम्बन्धविच्छेद गरी पाँच किसिमका घटनाहरुलाई लिइन्छ । यसअन्तर्गत सम्बन्धित कार्यालयहरुले रेकर्ड राख्ने, भण्डारण गर्ने, उपयोग तथा वितरणसम्बन्धी कार्यहरु गर्दछन् ।

थप हेर्नुहोस
  • Jhakka Prasad Acharya
    झक्कप्रसाद आचार्य
    महानिर्देशक
    ९८५११४०००९
  • Navaraj Jaisi
    नवराज जैसी
    निर्देशक (सूचना अघिकारी)
    सम्पर्क: ९८५१३००५२२
  • Surya Bahadur Khatri
    सूर्य बहादुर खत्री
    निर्देशक (राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा)
    सम्पर्क: ९८५१३००५१९
  • Dil Kumar Tamang
    दिल कुमार तामाङ्ग
    निर्देशक (सामाजिक सुरक्षा शाखा)
    सम्पर्क: ९८५१३००५२१८
  • Devi Pandey Khatri
    देवी पाण्डे खत्री
    निर्देशक (घटना दर्ता शाखा)
    सम्पर्क: ९८५१३००५२१



2708495

अनलाइन जन्म दर्ता संख्या

598431

अनलाइन बसाई सराई दर्ता संख्या

1080632

अनलाइन विवाह दर्ता संख्या

46158

अनलाइन सम्बन्धविच्छेद दर्ता संख्या

676630

अनलाइन मृत्यु दर्ता संख्या

गुनासो/सुझाव दिनुपरेमा कृपया

गुनासो दर्ता

तथ्याङ्कहरु

तथ्याङ्कहरु