NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वादशी - २७

प्राय सोधिने प्रश्नहरु : पञ्जीकरण- नेपाली नियोग

१ . प्रश्न:

हाल जन्म र मृत्यु दर्ता हुने नेपाली नियोगहरू कुन कुन हुन ?

उत्तर:

  • नेपाली राजदूतावास, बेजिङ्ग, चिन,
  • नेपाली राजदूतावास, टोकियो, जापान,
  • नेपाली राजदूतावास, पेरिस, फ्रान्स,
  • नेपाली राजदूतावास, दोहा, कतार,
  • नेपाली राजदूतावास, मड्रिड, स्पेन,
  • नेपाली राजदूतावास, लण्डन, यु. के.,
  • नेपाली राजदूतावास, क्यानबेरा, अस्ट्रेलिया,
  • नेपाली राजदूतावास, वासिङ्गटन डिसि, अमेरिका,
  • नेपाली राजदूतावास, बर्लिन, जर्मनी,
  • नेपाली राजदूतावास, क्वालालम्पुर, मलेसिया,
  • नेपाली राजदूतावास, रियाद, साउदिअरेबिया,
  • नेपाली राजदूतावास, सिवल, दक्षिण कोरिया,
  • नेपाली राजदूतावास, अबुधाबी, युनाईटेड अरब ईमिरेट्स,
  • नेपाली राजदूतावास, बैंकक, थाईल्याण्ड र
  • नेपाली राजदूतावास, ओटवा, क्यानडा

क्रमशः अन्य नियोगहरुमा बिस्तार गरिनेछ ।

२ . प्रश्न:

कुन- कुन घटना नेपाली नियोग मार्फत दर्ता हुन्छन् ?

उत्तर:

हाल नेपाली नियोग मार्फत जन्म दर्ता र मृत्यु दर्ताको शुरुवात गरिएको छ।

३ . प्रश्न:

कसको घटना दर्ता हुन्छ ?

उत्तर:

सम्बन्धित देशमा रहेका नेपाली बाबु आमाबाट जन्म भएका बच्चा र सम्बन्धित देशमा मृत्यु भएका नेपाली नागरिककोमात्र घटना दर्ता हुन्छ ।

४ . प्रश्न:

घटना दर्ताको सूचना कसले दिने ?

उत्तर:

जन्मको हकमा सम्बन्धित देशमा रहेका बच्चाको बाबु वा आमा वा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्तिले,
मृत्युको हकमा बाबु, आमा, पति, पत्नी, छोरा वा छोरीले वा निजहरुको अनुपस्थितिमा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्तिले ।

५ . प्रश्न:

घटना दर्ताको सूचना कसरी दिने ?

उत्तर:

कानुनी रुपमा सूचना दिन योग्य व्यक्ति स्वयं तोकिएको नेपाली नियोगमा उपस्थीत भएर वा अनलाईन पोर्टल https://public.donidcr.gov.np/ मार्फत (अनलाईन पोर्टलको लिङ्क विभागको वेबसाईट https://donidcr.gov.np बाट पनि प्राप्त गर्न सकिनेछ ।)

६ . प्रश्न:

नेपालमा दर्ता भएका घटना दर्ताको नेपाली नियोगबाट संशोधन वा प्रातिलिपि निकाल्न सकिन्छ ?

उत्तर:

हाल लाई यो सुविधा उपलब्ध छैन। सम्बन्धित नियोगमा दर्ता भएका घटना दर्ताको मात्र संशोधन वा प्रतिलिपि निकाल्न सकिने व्यवस्था रहेको छ।

७ . प्रश्न:

जन्म र मृत्युको सूचना फाराम कहाँबाट प्राप्त गर्न सकिन्छ ?

उत्तर:

विभागको वेबसाईट https://donidcr.gov.np/Download/News?id=5&Did=2 वा सम्बन्धित नियोगको वेबसाईटबाट प्राप्त गर्न सकिनेछ।

८ . प्रश्न:

घटना दर्ताको प्रमाणपत्र कसरी प्राप्त गर्न सकिन्छ ?

उत्तर:

  • अनलाईन सूचना फाराम भरी संलग्न गर्नुपर्ने कागजातको सक्कल प्रति सहीत सूचक नेपाली नियोगमा उपस्थित हुनु पर्नेछ र नेपाली नियोग स्थित स्थानीय पञ्जिकाधिकारिले आवश्यक विवरण रुजु गरी प्रामाणपत्र उपलब्ध गराउनेछन्।
  • अनलाईन मार्फत सूचना फाराम भर्न असमर्थ भएमा संलग्न गर्नुपर्ने कागजात र सूचना फारामको सक्कल प्रति सहित नेपाली नियोगमा उपस्थित भई प्राप्त गर्न सकिनेछ।
९ . प्रश्न:

संलग्न गर्नुपर्ने कागजातहरु के के हुन ?

उत्तर:

जन्म दर्ता
• बाबु वा आमाको नागरिकता वा राहादानी प्रमाणपत्रको प्रेतिलिपि,
• स्वास्थ्य संस्था/ अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी प्रमाण,
• घरमा जन्म भएको भए पहिलो खोप दिएको प्रमाण र
• जन्मको सूचना फाराम ।
मृत्यु दर्ता
• मृतकको नागरिकता वा राहादानी प्रमाणपत्रको प्रतिलिपि (बनेको भएमा),
• सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
• स्वास्थ्य संस्था/अस्पतालमा मृत्यु भएको भए उक्त संस्थाबाट जारी मृत्यु प्रमाण र
• मृत्यु दर्ताको सूचना फाराम ।

१० . प्रश्न:

घटना दर्ता गर्दा शुल्क तिर्नु पर्दछ ?

उत्तर:

घटना घटेको ३५ दिन भित्र दर्ता गर्दा कुनै पनि शुल्क तिर्नु पर्दैन । ३५ दिन भन्दा ढीला हुन गएमा २५ अमेरिकि डलर वा सो बराबरको स्थानीय मुद्रा बिलम्ब शुल्कबापत तिर्नुपर्ने हुन्छ।

११ . प्रश्न:

संशोधन वा प्रतिलिपिको शुल्क लाग्छ वा लाग्दैन ?

उत्तर:

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७ को अनुसूची-३ बमोजिम ३० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा बराबर शुल्क लाग्दछ।

१२ . प्रश्न:

नेपाली नियोगमा दर्ता भएको व्यक्तिगत घटना दर्ता पुनः नेपालमा दर्ता गर्नु पर्दछ ?

उत्तर:

एक पटक नेपाली नियोगमा दर्ता भएको घटना दर्ता पुनः नेपालमा दर्ता गर्नु पर्दैन ।